माओवादीले लिने आर्थिक नीतिले परनिर्भरता र बेरोजगारीको अन्त्य गर्ने छ : जनार्दन शर्मा

अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रले लिने आर्थिक नीति देशको परनिर्भरता, बेरोजगारीको अन्त्य गर्ने हुने बताएका छन् । 

त्यस्तै, उत्पीडित वर्ग, जाति र समुदायको स्थानीय स्रोत, साधनमाथि स्वामित्व स्थापना गर्दै समृद्धिको अभियान सञ्चालन गर्ने उनले बताए । 

‘आर्थिक नीति देशको परनिर्भरता, बेरोजगारीको अन्त्य गर्ने र आम उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका जनसमुदायको स्थानीय स्रोत, साधनमाथि स्वामित्व स्थापन गर्दै सामुदायिक माध्यमबाट विकास निर्माण र समृद्धिको अभियान सञ्चालन गर्ने,’ उनले भने ।





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १६:५४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया