रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
रौतहटको गढिमाइ नगरपालिका-३ गम्हरियाबाट परोहा नगरपालिका जाने क्रममा मंगलबार अपरान्ह करिब ४ बजे गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत जयनगरमा दुर्घटना भएको हो ।
दुर्घटनामा गढिमाइ नगरपालिका–३ का सेख नौसाद, सेख सैनुल्लाह, सेख मोसाफिर, अरोज आलम, सेख अबुलैस र गढिमाइ–३ कै अजि बुलाहको मृत्यु भएको छ ।
उनको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचजनाको भने घटनास्थलमै मृत्यु भएको थियो ।
घाइतेमध्ये एकजनाको वीरगगञ्जस्थित नेसनल मेडिकल कलेजमा र दुईजनाको गरुडास्थित ग्राण्डी अस्पताल उपचार भइरहेको छ ।
तीव्र गतिमा रहेको जिप बिजुलीको खम्बामा ठोक्किँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।