बार्सिलोनाले भित्र्यायो फेरान टोरेस

इंग्लिस क्लब म्यानचेस्टर सिटीका युवा फरवार्ड फेरान टोरेस स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् ।

बार्सिलोनाले मंगलबार स्पेनिस युवा फरवार्डसँग एक विलियन युरोमा सन् २०२७ सम्मका लागि सम्झौता गरिएको जनाएको हो ।

सन्  २०२० मा स्पेनिस क्लब भ्यालेन्सियाबाट सिटी पुगेका २१ वर्षीय टोरेसको क्लबसँगको सम्झौता सन् २०२५ सम्म थियो । 

टोरेसले उक्त सम्झौता तोड्दै बार्सिलोना जाने निर्णय गरेको हुन् । उनले सिटीका लागि ४३ म्याच खेल्दा १६ गोल गरेका छन् । 

स्पेनको सिनियर टोलीका लागि पनि टोरेसले २२ खेलमा १२ गोल गरिसकेका छन् । 





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार ७:४३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया