नेप्से परिसूचक ५.५१ अंकले वृद्धि

दुई दिन लगातार तल झरेको सेयर बजार मापक नेप्से परिसुचक बुधबार झिनो अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक र कारोबार रकमसमेत मंगलबारको तुलनामा सामान्य सुधार भएको छ । 

आज नेप्से परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै आज ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स ०.२६ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.०१ अंक बढेको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता सेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ । मंगलबार ३ अर्ब १२ करोडको सेयर खरिदबिक्री भएको थियो ।

नेप्से परिसूचकका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ । जसमा निर्जीवन बिमा उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२१ प्रतिशत बढेको छ । 

त्यस्तै, अन्य उपसमूहको परिसूचक ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८४ प्रतिशत, होटल तथा प्रशोधनको ०.५७ प्रतिशत, लघुवित्तको ०.२४ प्रतिशत, म्युचुअल फण्डको ०.१३ प्रतिशत, जलविद्युतको ०.०९ प्रतिशत र बैंकिङ उपसमूहको ०.०४ प्रतिशत बढेको छ । तर, विकास बैंक ०.७ प्रतिशत, व्यापार र जीवन बिमाको ०.५ प्रतिशत घटेको छ ।

आज  कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रो नबिल बैंकको ४७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १७:१५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया