झ्याप्प-झ्याप्प बिजुली किन जान्छ ? यसो भन्छन् कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् ।

शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने बताए ।

उनले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमान्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताए ।

उनले काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँदै भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताए ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरमा आगलागी भएको कारणले यी समस्या आइरहेको बताए ।

‘विगत ३/४ दिनदेखि विद्युत् आपूर्तिमा केही समस्या देखियो भन्ने जनगुनासो आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । काठमाडौंमा मात्रै हो । यो सप्लाइको कारणले भएको समस्या होइन,' उनले भने 'अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मर ओभरलोड भएको हो । लोडअनुसार हामीले ट्रान्सफर्मर फेर्ने काम गरिरहेका छौँ । केही फिडरमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मरपछि पनि केवल घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको हो ।’



प्रमुख कार्यकारी निर्देशक घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मर परिवर्तन गरिसक्ने भएकोले विद्युत जाने समस्या नहुने बताए । उनले केही स्थानमा त्यहाँका बासिन्दाले सबस्टेशन बनाउन नदिएकोले पनि समस्या आउने गरेको भन्दै स्थानीयले सबस्टेशन बनाउन दिन आग्रह गरे ।



  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १४:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया