अस्पतालबाट डिस्चार्ज भए साैरभ गांगुली

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बिसिसिआईका प्रमुख तथा पूर्व भारतीय कप्तान सौरभ गांगुली अस्पतालबाट डिस्चार्ज भएका छन् । 

उनी केही दिनअघि कोरोनाभाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालले गांगुलीको अवस्था सामान्य रहेको र उनको अक्सिजन लेभल ९९ प्रतिशत रहेको भए पनि अस्पतालमा भर्ना गरिएको जनाएको थियो।

उनलाई ककटेल थेरापीबाट उपचार गरिएको अस्पतालले जनाएको छ । यो थेरापी ती कोरोनाभाइरस संक्रमितलाई गरिन्छ जसलाई कोरोनाका कारण खतरा निकै बढी भएको मानिन्छ ।

यसअघि गत जनवरीमा गांगुलीले टाउकोमा समस्या भएको भन्दै अस्पताल भर्ना भएका थिए । त्यति बेला उनको मुटुमा पनि समस्या देखिएको थियो । मुटुमा समस्या देखिएपछि उनको एन्जियोप्लास्टी गरिएको थियो ।





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १५:५४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया