नयाँ युगमा ६७ लाख, सम्मेलनमा ५५ लाख सरकारी खर्च

काठमाडौं– सरकारले मंगलबार ठूलो तामझामका साथ सुरु गरेको ‘योगदानमा आधारित समाजिक सुरक्षा योजना’को प्रचार–प्रसारमा ६७ लाख रुपैयाँ खर्च गरेको सरकारका प्रवक्ताले बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त कार्यक्रमका लागि ६७ लाख २३ हजार ७ सय ५० रुपैयाँ खर्च भएको जानकारी दिए । 

सरकारले सुरु गरेको नयाँ कार्यक्रमको ब्रान्डिङ गर्न ठूलो मात्रामा प्रचार–प्रसार गर्नुपरेको मन्त्री बाँस्कोटाले बताए ।

यस्तै, बिहीबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक सम्मेलनको लागि सरकारले ५५ लाख रुपैयाँ छुट्याएको मन्त्री बाँस्कोटाले जनाए ।

सरकार सम्मेलनको सहआयोजक नरहेको बताउँदै बाँस्कोटाले भने,  ‘सम्मेलनमा सहभागी हुने पाहुनाको सुरक्षा व्यस्थाका लागि सरकारले ५५ लाख रुपैयाँ छुट्याएको हो ।’

सम्मेलनमा समेत सहभागी हुनेगरी म्यामनमारकी नेत्री आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाल सरकारको औपचारिक निमन्त्रणमा नेपाल आएको उनले बताए ।





  • प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार १८:२३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया