माओवादीकाे स्थायी कमिटी बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले काठमाडाैंस्थित प्रज्ञा भवन कमलादीमा जारी छ । 

बैठकमा क्लस्टरअनुसार सदस्यको चयन लगायतका विषयमा छलफल भइरहेकाे छ ।

स्थायी कमिटी बैठकलगत्तै आज बिहान ११ बजे बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा नेता देव गुरुङले विधानमाथि उठेका प्रश्नहरूकाे जवाफ दिनेछन् । गुरुङले जवाफ दिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ ।

माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ।





  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १०:२३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया