पदाधिकारी र केन्द्रीय कमिटी टुंगो लगाउन स्थायी कमिटी बैठक बस्दै
फाइल फाेटाे

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा बस्दैछ । पार्टीको आठौं महाधिवेशनस्थल चलिरहेकै प्रज्ञा भवनमा केहीबेरमा स्थायी कमिटी बैठक बस्ने तयारी भएको नेता हरिबोल गजुरेलले जानकारी दिए । 

उनका अनुसार पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यहरूको टुंगो लगाउनेगरी स्थायी कमिटी बैठक बस्न लागेको हो । 

शनिबार स्थगित भएको महाधिवेशन बन्दसत्र दिउँसो १ बजेबाट सुरु हुँदैछ । त्यसअघि स्थायी कमिटी बैठक बस्न लागेको हो । माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरूले प्रज्ञा भवनमा पुगेर मेसमै खाना खाइरहेका छन् । 

माओवादीले विधानमा १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था गरेको छ । त्यस्तै, २९९ जना केन्द्रीय कमिटी हुनेगरी विधानमा व्यवस्था गरिएको छ ।





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार ११:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया