रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम

स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड गेटाफेसँग १-० गोल अन्तरले पराजित भएको छ ।

घरेलु मैदान कोलिसियम अल्फन्सो पेरेजमा खेलको नवौं मिनेटमा इनेस उनालले गरेको एक मात्र गोल गेटाफेलाई जित दिलाउन प्रयाप्त बन्यो ।

यो पराजयसँगै रियलको १५ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । ३ अक्टोबर २०२१ मा स्पान्योलसँग २-१ ले पराजित भएयताका १५ खेलमध्ये रियलले १३ जित र २ बराबरीको नतिजा निकालेको थियो ।

हारका बाबजुद पनि शीर्ष स्थानमा कायम रहेको रियलले २० खेलबाट ४६ अंक जोड्दा गेटाफे १९ खेलबाट १८ अंकका साथ १६ औं स्थानमा उक्लिएको छ ।

लिगअन्तर्गत आइतबार नै भएको अन्य खेलमा एट्लेटिको मड्रिडले रायो भालेकानो तथा सेल्टा भिगोले रियल बेटिसमाथि समान २-० र बार्सिलोनाले मालोर्कामाथि १-० को जित हात पारे ।

त्यस्तै, इल्चेले ग्रानाडासँग गोलरहित तथा एलाभेसले रियल सोसिडाडसँग १-१ को बरारबरी खेले ।  





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार ७:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया