इरानले तालिबानलाई भन्यो- समावेशी सरकार नबनेसम्म मान्यता दिँदैनौं

इरानका राजदूत बहदुर अमिनिएनले तालिबानी सरकारमा समावेशी नभएसम्म उसको सरकारलाई मान्यता नदिने बताएका छन् ।

अमिनियएनले अफगानी न्युज च्यानल टोलो न्युजसँगको अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन्।
तालिबानले आफ्नो सरकारको ढाँचामा सुधार ल्याए इरानलगायत अन्य देशले पनि अफगानी सरकारलाई मान्यता दिने उनको भनाइ छ ।

उनले भने, ‘यदि कोही सत्तामा आउँछ र एकै खालको समूहलाई सरकारमा समावेश गर्छ भने त्यसलाई हामीले स्वीकार गर्दैनौं । त्यसले हामी तालिबानसँग उदारतापूर्वक एक समावेशी सरकार बनाउन आग्रह गर्दछौं ।’

यता इस्लामिक अमिरातले भने अमिनिएनको यो टिप्पणीले अफगानिस्तानको आन्तरिक मामिलामा दख्खल दिने कोसिस गरेको बताएको छ ।

अफगानिस्तानका उपप्रवक्ता इनामुल्ला समांगनीले अमिनिएनको टिप्पणीमा आफ्नो प्रतिक्रिया दिएका छन् ।

‘के इरानको सरकार अथवा मन्त्रिपरिषद अन्य मानिसको समावेशी परिभाषामा आधारित छ ? हरेक देशको आफ्नो राष्ट्रिय हितको आधारमा  समावेशी सरकारको आफ्नै परिभाषा हुन्छ ।’



अफगानका अर्का नेता सैयद जवाद हुसैनीले पनि अफगानिस्तानका नागरिकको इच्छाअनुसार सरकार हुनुपर्ने बताए ।
 

 



  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १२:१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया