सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा उपनिर्वाचनको भागवण्डा मिल्यो, कसलाई कति सिट ?

सत्तारुढ गठबन्धनभित्र राष्ट्रियसभा निर्वाचनका लागि भागवण्डा मिलेको छ । सोमबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले भागवण्डा मिलाएको हो । 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले दिएको जानकारी अनुसार यसअघि जुन दलले जितेको छ त्यो ठाउँ यथावत राख्नेगरी सहमति भएको छ । 

उनले फरकधारसँग कुरा गर्दै भनिन्, ‘यसअघि जो-जो जहाँ जितेको थियो त्यो १९ सिटमध्ये त्यसलाई यथावत राख्ने सहमति भएको छ ।’

उनका अनुसार आज ८ सिटमा बाँडफाँड भएको हो । ‘८ सिटको बाँडफाँड आज भएको हो । त्यसमा कांग्रेसले तीन सिट, जसपालाई दुई सिट र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई १ सिट दिनेगरी सहमति भएको छ,’ उनले भनिन् । 

आगामी फागुनदेखि चार बर्से कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र एकजना मनोनीत सदस्य बिदा हुँदैछन् । 

जसमा कांग्रेसले ६ सिटमा प्रतिस्पर्धा गर्नेछ । माओवादी र नेकपा एकीकृत समाजवादीले पाँच/पाँच सिटमा प्रतिस्पर्धा गर्नेछन् । २० मध्ये १९ जना निर्वाचनबाट चुनिएर आउनेछन् भने एकजना मनोनीत हुनेछन् ।



राष्ट्रियसभाको रिक्त पदका लागि निर्वाचन आगामी १२ माघमा हुँदैछ ।  



  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १३:४३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया