विद्युत प्राधिकरणको सामान नेपाल एयरलाइन्सबाट ल्याइने

नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान)नेपाल वायु सेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौता भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच सम्झाैतामा हस्ताक्षार भएकाे हाे ।

सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयमा भएको सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ । 

कार्यक्रममा बोल्दै मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुसी व्यक्त गरे । 

उनले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरूलाई पनि आग्रह गरे ।

मन्त्री आलेले भने, ‘यो एउटा प्रशंसनीय काम भएको छ । यसका निमित्त आदरणीय कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्षज्यूलाई आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु । र, सम्पूर्ण उच्च पदस्थ कर्मचारीहरूलाई निगमकै जहाज प्रयोग गरिदिन हुन अनुरोध गर्न चाहन्छु।’



कार्यक्रममा बोल्दै निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरूको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिएका थिए ।

यता, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौतामा उल्लेखित गरिएका कुराहरूलाई पालना गरिने प्रतिवद्धता व्यक्त गरे ।



  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १४:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया