नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको होटल हेरिटेज प्लाजामा केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
यो बैठक माओवादी महाधिवेशनपछिको पहिलो बैठक हो । आइतबारको सातौं दिनको बन्दसत्रमा अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए ।
माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यहरूलाई सपथ खुवाएका छन् । अध्यक्ष प्रचण्डले पनि केन्द्रीय सदस्यको सपथ खाएका छन् ।
उनले केन्द्रीय सदस्यको खुलातर्फ आफ्नो नाम २३औं नम्बरमा पढेर सुनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।