नेपाली कांग्रेसको सभापतिमा पराजित भएका नेता शेखर कोइरालाले कांग्रेसको विधानअनुसार संसदीय समितिले पार्टीका उम्मेदवार तय गर्नुपर्ने बताएका छन्।
केन्द्रीय समिति बैठक सकिएपछि पत्रकारसँग कुरा गर्दै उनले संसदीय समितिबाटै उम्मेदवार तय गरिनुपर्ने आवाज उठेकाले अबदेखि संसदीय समिति बनाएरै उम्मेदवार तय गर्नुपर्ने बताएका हुन् ।
कांग्रेसलगायत सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि तालमेल गरेका छन् । जसअनुसार १९ मध्ये कांग्रेसको भागमा ६ जना परेको छ ।
यसपालि समयअभावका कारण संसदीय समिति नबने पनि अबदेखि भने संसदीय समितिबाटै उम्मेदवार तय गरिनुपर्ने कोइरालाको भनाइ छ ।
सत्तागठबन्धनको बैठकपछि कांग्रेसले केन्द्रीय समिति बैठक बसेको थियो । सो बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीका ६ जना उम्मेदवारको नाम पेस गरेका थिए । उनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।