बलिउड एक्टर फरहान अख्तर र शिबानी दान्डेकर लामो समयदेखि डेट गरिरहेका छन् । उनीहरुलाई बलिउड उद्योगको सबैभन्दा कूल कपलको रुपमा चित्रण गरिदै आइएको छ ।
दुवै जनाले आफ्नो प्रेम सम्बन्धलाई लिएर खुलेर कुरा गर्दै आएका छन् । दुवै जनाको सामाजिक सञ्जालमा फ्यान फलोइङ पनि लोभ लाग्दो छ ।
धेरै फ्यानहरूले उनीहरुलाई लामो समयदेखि विवाह बन्धनमा बाँधिन अनुरोध गर्दै आएका थिए । अब भने उनीहरुले फ्यानको इच्छा पुरा गर्ने भएका छन् । उनीहरुले विवाह गर्ने निर्णय गरेका छन् ।
बलिउड लाइफको एक रिपोर्ट अनुसार यसै वर्षको मार्च महिनामा उनीहरुले विवाह गर्ने योजना बनाएका छन् । कोरोना माहामारीका कारण विवाहमा एकदमै थोरै तर नजिकका व्यक्तिलाई बोलाउने उनीहरुको योजना रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।