बार्सिलोनाका थप दुई खेलाडीलाई कोरोना संक्रमण

स्पेनिस क्लब बार्सिलोनाका थप दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पेड्री र हालै इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट भित्रिएका फेरान टोरेस छन् । दुवै स्पेनिस राष्ट्रिय टोलीका सदस्य हुन् ।  

ला लिगाअन्तर्गत शनिबार रियाल मार्लोकाविरुद्ध १–० को जित निकाल्दा बार्सिलोनाका १७ खेलाडी उपलब्ध थिएनन् । तीमध्ये १० जना कोरोना संक्रमित थिए ।

बार्सिलोनाले दुवै खेलाडीको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बसिसकेको बताएको छ । बार्सिलोनाले कोपा डेल रे अन्तर्गत अन्तिम ३२ मा लिनारेस डिपोर्टिभोसँग बुधबार र ला लिगाअन्तर्गत शनिबार ग्रानाडाविरुद्ध खेल्दैछ । 

लिगमा १९ खेलबाट ३१ अंक जोडेको बार्सिलोना पाँचौं स्थानमा छ ।    





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १३:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया