पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवा धरान–२ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने र यसका लागि देशैभरिका सबै कार्यकर्ताको सहयोग आवश्यक रहेको बताए । 

प्रधानमन्त्री देउवाले भने, 'नेपाली कांग्रेसका कार्यकर्ता एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुनेछ, अब कांग्रेसको महाधिवेशन पनि सकिएको छ, आगामी दिनमा सबै एक भएर अघि बढ्नुपर्छ भन्ने मेरो आग्रह छ ।’ 

यसलगत्तै प्रम देउवाले धरान सहरको १२१ औँ वर्ष पुगेको अवसरमा आयोजित धरान दिवसको कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

यसअघि आजै प्रधानमन्त्री देउवाले फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए ।





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १५:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया