न्युजिल्याण्डमाथि बंगलादेशको शानदार जित, सिरिजमा १-० को अग्रता

न्युजिल्याण्डसँगको टेस्ट सिरिजको पहिलो खेलमा पाहुना टोली बंगलादेश ८ विकेटले विजयी भएको छ । टेस्ट क्रिकेट इतिहासमा न्युजिल्याण्डविरुद्ध बंगलादेश पहिलोपटक विजयी भएको हो ।  

आज बिहान न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर भेट्टायो । उसका लागि नजिमुल हुसेन शान्तोले १७, कप्तान मोमिनुल हकले अविजित १३, मुस्फिकुर रहिमले पाँच र शादमान इस्लामले तीन रनको योगदान दिए । बलिङमा कायल जेमिसन र टिम साउथीले एक/एक विकेट लिए ।

यसअघि पहिलो इनिङ्समा न्युजिल्याण्डले ३२८ रन बनाएको थियो । उसका लागि डेभन कन्वेले शतकीय पारी खेले । उनले २२७ बलमा १६ चौका र एक छक्कासहित १२२ रन बनाए । 

त्यस्तै, हेनरी निकोलसले ७५ र विल योङले ५२ रनको योगदान दिए । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । बलिङमा बंगलादेशका शोरिफुल स्लाम र मेहदी हसन मिराजले सर्वाधिक तीन/तीन विकेट लिए । 

जवाफमा बंगलादेशले ४५८ रन बनाएर अग्रता लिन सफल भएको थियो । उसका लागि मोमिनुल हकले ८८, लिटन दासले ८६, महमुदुल हसन जोयले ७८, नजमुल हुसेन शान्तोले ६४ र मेहदी हसन मिराजले ४७ रन बनाए ।

बलिङमा ट्रेन्ट बोल्टले चार, नील वाग्नरले तीन, टिम साउथीले दुई र कायल जेमिसनले विकेट लिए । दोस्रो इनिङ्समा न्युजिल्याण्ड १६९ रनमै अलआउट हुन पुग्यो । उसका लागि विल योङले सर्वाधिक ६९ र रोस टेलरले ४० रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सम्झनलायक रहन सकेन । 



न्युजिल्याण्डलाई सस्तैमा समेट्न बंगलादेशका इबादोत हुसेन एक्लैले ६ विकेट लिए । त्यस्तै, तस्किन अहमदले तीन र मेहदीहसन मिराजले एक विकेट हात पारे । यो जितसँगै दुई खेलमा सिरिजमा बंगलादेशले १–० को अग्रता बनाएको छ । यी दुई टोलीबीचको दोस्रो टेस्ट आइतबारदेखि सुरु हुनेछ ।  



  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार ७:३४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया