दिल्लीमा कोरोना संक्रमित तीन दिनमा तीन गुणा बढे

भारतको दिल्लीमा कोरोना संक्रमित तीन दिनमा तीन गुणा बढेका छन् । पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । 

सो अवधिमा ८ जनाको मृत्यु भएको दिल्ली सरकारले जनाएको छ । दिल्ली सरकारले बुधबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार राज्यमा पछिल्लो २४ घण्टा १० हजार ६६५ संक्रमित दर्ता भएका छन् । 

यस अघि मंगलबार दिल्लीमा संक्रमितको संख्या कुल ५ हजार ४८१ संक्रमित फेला परेका थिए । 

सोमबार ४ हजार र आइतबार ३ हजार जनामा संक्रमण फेला परेको थियो । 





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार २१:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया