एथलेटिक्स खेलाडीकाे बिदाइ

बंगलादेशमा हुने ‘बंगबन्ध शेख मुजिवबन्धु म्याराथन’ प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूलाई बिदाइ गरिएको छ । बिहीबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरेका हुन् ।

मन्त्रालयको सभाहलमा आयोजित बिदाइ कार्यक्रममा खेलाडीहरूलाई बिदाइ गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए । 

विगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै पनि शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री अथकले नेपाली खेलाडीहरू ट्रफी बोकेरै स्वदेश फर्कनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

जनवरी १० (पौष २६) गते बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागिता हुने नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । 

४२ किलोमिटर दुरीको फुलम्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लागेका हुन् ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १४:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया