आज देशभर वर्षा र हिमपातको सम्भावना, सतकर्ता अपनाउन माैसमविद्को अनुरोध

आज सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने प्रदेश–१ र २ का एक/दुई स्थानमा हल्का वर्षा र हिमपात भएको छ । 

आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ । 

शुक्रबार राति प्रदेश–१, २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको पनि उल्लेख गरेको छ । महाशाखाले मौसमी प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ७:२१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया