जिदान पिएसजी जाने चर्चा

फ्रान्सबाट एउटा समाचार आएको छ र त्यो हो- जिनेदिन जिदानले अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी)को प्रशिक्षण सम्हाल्ने ।

यसबारे अहिलेसम्म आधिकारिक घोषणा भएको त छैन । तर, क्लबसँग नजिक रहेका पत्रकारले यस्तै दाबी गरेका छन् ।

ती पत्रकारका अनुसार यसपटक पिएसजी जिदानलाई फकाउन सफल भएको छ । तर उनले अर्को सिजनदेखि मात्र क्लबको मुख्य प्रशिक्षको जिम्मेवारी सम्हाल्ने छन्। 

यसको अर्थ अहिलेका प्रशिक्षक मौरिसियो पोचेटिनोले नै यो सिजन क्लबलाई अगाडि बढाउने छन्। यसबारे पहिलोपल्ट समाचार दिने पत्रकार हुन्- डानियल रिओलो।

रिओलोको यो समाचारलाई किन पनि विश्वास गर्न सकिन्छ भने उनको सूत्र क्लबमा निकै बलियो छ र उनले नै पहिलोपल्ट लियोनल मेस्सी पिएसजी आउने समाचार बाहिर ल्याएका थिए ।

रिओलोले अहिलेसम्म पिएसजीको विषयमा जति पनि दाबी गरेका छन्, ती सबै मिलेकै छन् । यो समाचार पनि सत्य हुने हो भने अर्को सिजन पिएसजीको नयाँ प्रशिक्षक हुनेछन् जिदान अनि खेलाडी मेस्सी र नेइमार ।



अनि केयलिन एमबाप्पे ? सायद जिदान आउने हो भने उनी पनि पेरिसमै रहन तयार हुनेछन् । यो पनि हुन सक्छ एमबाप्पेलाई क्लबमै राख्न एउटा अचुक अस्त्रका रूपमा पिएसजीले जिदान ल्याउन लागेको हो ।
  
(स्पेनिस खेल पत्रिका मार्काबाट) 



  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १२:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया