मुम्बईमा ९३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा मुम्बईमा ९३ प्रहरीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको मुम्बई प्रहरीले शुक्रबार जानकारी दिएको छ । 

यससँगै नगरमा अहिलेसम्म ९ हजार ६५७ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच, मुम्बइले गत २४ घण्टामा २० हजार १८१ थप व्यक्तिमा कोरोना संक्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । 

संक्रमितको संख्या बढेसँगै संक्रमण दर २९.९० प्रतिशत पुगेको बृहनमुंबई नगर समितिले बिहीबार जानकारी दिएको छ । महाराष्ट्रमा बिहीबार ३६ हजार २६५ थप व्यक्ति संक्रमित भएका थिए भने १३ जनाको मृत्यु भएको थियो । 

त्यसैगरी आठ हजार ९०७ जना डिस्चार्ज भएका थिए । महाराष्ट्र राज्यमा शुक्रबार ७९ व्यक्तिमा कोभिडको ओमिक्रोन भेरिएन्ट भेटिएको बताइएको छ । 

यहाँ ओमिक्रोन भेरिएन्ट भेटिएका ३८१ जना निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म राज्यभर ८७६ व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । 





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार २०:११:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया