भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या ३ हजारभन्दा बढी

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित हुनेको संख्या ३ हजार ७१ पुगेको छ । 

संक्रमितमध्ये एक हजार २०३ जना निको भइसकेका छन् । 

सबैभन्दा धेरै महाराष्ट्रमा ८७६, रहेका छन् । यसैगरी  दिल्लीमा ५१३ र कर्नाटकमा ३३३ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेकाे २४ घन्टामा भारतमा एक लाख ४१ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गएकाे मे महिनापछि यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । यसैगरी १२९ जनाले ज्यान गुमाएका छन् ।  

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ५२ लाख २६ हजार ३८६ पुगेको छ भने हालसम्म चार लाख ८३ हजार १७८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
 





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १०:४६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया