बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालयका बैतडीकी कोरोना फोकल व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लाका सबै स्थानीय तहमा कोरोनाको पूर्ण मात्रा भने ९१ हजार ३०६ जनाले मात्र पाएका छन् ।
पछिल्लो विवरण अनुसार पुर्चौंडी नगरपालिकामा १९ हजार ८६ जनाले पहिलो मात्रा र १० हजार ३३६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
दशरथचन्द नगरपालिकामा १८ हजार ६४५ जनाले पहिलो मात्रा र १८ हजार ३५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । १५ हजार २८३ जनाले पहिलो मात्रा खोप लगाएको डिलाशैनी गाउँपालिकामा ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएको सुवेदीले जानकारी दिइन्।
यस्तै जिल्लाको पाटन नगरपालिकामा १५ हजार २०३ जनाले पहिलो मात्रा र २१ हजार ३०३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । मेलौली नगरपालिकामा १२ हजार ९५९ जनाले पहिलो मात्रा र पाँच हजार ३८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
दोगडाकेदार गाउँपालिकामा ८ हजार ९९५ जनाले पूर्ण खोप र ८ हजार ५९५ जनाले पहिलो मात्रा पाएका छन् । सिगास गाउँपालिकामा ११ हजार १०५ जनाले पहिलो मात्रा र तीन हजार ३३७ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
सुर्नया गाउँपालिकामा ९ हजार ४९ जनाले पहिलो मात्रा र चार हजार ९२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा ८ हजार ३८० जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यसैगरी शिवनाथ गाउँपालिकामा सात हजार ३५० जनाले पहिलो मात्रा र चार हजार ४६५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ ।
हाल पनि जिल्लाका सबै स्थानीय तहमा १२ वर्षदेखि माथिका सबै व्यक्तिलाई खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।