भारतमा आगामी १५ जनवरीसम्म कर्फ्यु जारी भएको छ । मुख्य चुनाव आयुक्त सुशील चन्द्राले पार्टीको चुनावी अभियानमा कर्फ्यु जारी भएको घोषणा गरेका हुन्।
शनिबार उनले चुनाव सभा, पदयात्रा, रोड सो, साइकल तथा बाइक र्यालीमा प्रतिबन्ध लगाइएको जानकारी दिएका छन्। कोरोना महामारीसँग जोडिएका स्थितिलाई मध्यनजर गर्दै आयोगले थप फैसला गर्नेसमेत उनले बताए।
उक्त प्रतिबन्धको उल्लंघन गरिएको अवस्थामा सम्बन्धित जिल्लाका प्रशासनिक अधिकारीले जिम्मा लिनुपर्ने उनले बताएका छन्।
उत्तर प्रदेश, उत्तराखण्ड, गोवा, पञ्जाबलगायतका राज्यमा यही फेब्रुअरी १० मा निर्वाचन हुने तयारी भइरहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।