आन्दोलनको तयारी गर्नुहोस्: कमल थापा

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले संगठन सुदृढीकरण अभियानलाई तीव्र पार्दै निर्णायक आन्दोलनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । 

आफ्नो बसोबास क्षेत्र काठमाडौं–५ को क्षेत्रीय समिति, नगर र वडा समितिका पदाधिकारी तथा सदस्यहरूको बैठकमा अध्यक्ष थापाले विगतका गल्ती, त्रुटि र कमजोरी सच्याउँदै पार्टी र नेतृत्वबारे फैलाइएको भ्रमलाई चिरेर युद्धस्तरमा संगठन विस्तारतर्फ ध्यान दिन आग्रह गरे । सरकार असफलतातर्फ लागिसकेको भन्दै थापाले जनताको चाहना र भावनालाई सरकारले बुझ्न नसकेकोमा दुःख प्रकट गरे । 

पार्टीले देश, जनता र आर्थिक विकासलाई केन्द्रमा राखेर अगाडि बढ्न आवश्यक भएको चर्चा गर्दै अध्यक्ष थापाले विकास, आर्थिक समृद्धि र सुशासनको निमित्त स्पष्ट खाका र कार्ययोजना चाहिने बताए । 

निर्मला पन्त प्रकरणमा सिंगो राज्यसंयन्त्र असफल भएको अध्यक्ष थापाको दाबी थियो । सस्तो प्रचारबाजीमा लागेर सरकारले जनविश्वास गुमाएको उनको तर्क थियो । 

सो अवसरमा पार्टीका नेताहरू भुवन पाठक, विक्रम थापा, प्रा.डा. गीताभक्त जोशी, राजाराम बर्तौला, भरत पाठक, सुनिता कुरुम्बाङ, सिर्जना रानी बर्मा, विजय खड्का, नवराज सिंखडा, केशव रेग्मी, सन्तोष अधिकारीलगायतको उपस्थिति थियो ।


 





  • प्रकाशित मिति : मंसिर १६, २०७५ आइतबार १२:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया