आयरल्याण्डविरुद्ध वेस्ट इण्डिज २४ रनले विजयी

आयरल्याण्डसँगको एकदिवसीय सिरिजको पहिलो खेलमा वेस्ट इण्डिज २४ रनले विजयी भएको छ । यो जितसँगै उसले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । 

गएराति भएको सिरिजको पहिलो खेलमा वेस्ट इण्डिजले दिएको २७० रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ४९.१ ओभरमा सबै विकेट गुमाएर २४५ रन मात्र बनाउन सक्यो । 

उसका लागि कप्तान एन्डी बलबर्नीले ७१, ह्यारी टेक्टरले ५३, एन्डी म्याकबर्नीले ३४, जर्ज डकरेलले ३० र मार्क आदिरले अविजित २१ रन बनाए । बलिङमा वेस्ट इण्डिजका अल्जारी जोसेफ, रोमियो शेफर्डले तीन/तीन, ओडेन स्मिथले दुई, जेसन होल्डर र अकील होसेनले एक/एक विकेट लिए । 

त्यसअघि, अमेरिकाको किङ्स्टनमा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले ४८.५ ओभरमा सबै विकेट गुमाएर २६९ रन बनायो । उसका लागि शमराह ब्रुक्सले उत्कृष्ट पारी खेले । उनले ८९ बलमा नौ चौका र तीन छक्कासहित ९३ रन बनाए । त्यस्तै, कप्तान किरण किरण पोलार्डले ६९, साई होपले २९, ओडेन स्मिथले १८, जेसन होल्डर र​ निकोलस पूरनले १३/१३ रनको योगदान दिए । 

बलिङमा आयरल्याण्डका क्रेग योङ, मार्क आदिरले तीन/तीन, एन्डी म्याकबर्नीले दुई, कर्टिस क्याप्फर र जोस लिटलले एक/एक विकेट लिए । सिरिजअन्तर्गत यी दुई टोलीले दोस्रो म्याच मंगलबार खेल्ने छन् ।  





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार ७:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया