एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित

नेकपा (एमाले) कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन् । 

शनिबार भएको मतदानमा २३८ मतसहित शर्मा जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । शर्माका प्रतिद्वन्द्वी बाबुराम खनालले १८६ र नेत्र अधिकारीले १०० मत प्राप्त गरे ।

नवौँ जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि अध्यक्ष पदका लागि निर्वाचन भएकाे हाे ।

उपाध्यक्षमा विश्रामप्रसाद थारु, सचिवमा सिबी गहतराज, उपसचिवमा अर्जुन केसी र विकास आचार्य विजयी भएका छन् ।

 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १०:९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया