म्यानचेस्टर सिटी यो सिजन भाग्यशाली रह्यो : भर्जिल भान डाइक

लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले प्रिमियर लिगको जारी सिजनमा लिग लिडर म्याचेस्टर सिटी भाग्यशाली रहेको बताएका छन् ।

पेप ग्लार्डिवालाको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गरिरहेको सिटी दोस्रो स्थानको चेल्सीसँग १० तथा १ खेल खेल कम खेलेको लिभरपुलसँग ११ अंकले अगाडि छ ।

समान २० खेल खेलेका सिटी ५३ र चेल्सीले ४३ अंक जोड्दा लिभरपुलको १९ खेलबाट ४२ अंक छ ।

योर्गेन क्लोपको टोली लिभरपुललाई खेलाडीको चोट र कोरोना संक्रमणले सताएको छ । चेल्सीका प्रशिक्षक थोमस टुचेल पनि महामारीका कारण खेलाडी गुमाएर पनि खेल्न बाध्य छन् ।

जब सिटीलाई तत्काल यो समस्याले सताएको छैन । डाइक विश्वास गर्छन कि स्काई ब्लुजलाई भाग्यले पनि साथ दिएको छ ।

‘विशेषगरी डिसेम्बर महिना राम्रोसँग बित्यो’, आफैँ पनि कोरोना संक्रमणको चपेटामा परेका डाइक भने ।



लिभरपुललाई कोरोना संक्रमणले सताएको छ । यस सम्बन्धमा उनी भन्छन्, ‘उदाहरणका लागि म, फिर्मिनो र थियागोलाई लिन सकिन्छ । टोलीका मुख्य तीन खेलाडी एकैपटक कोरोना संक्रमित हुन पुग्यौं ।’

‘लिभरपुलमा अझै पनि स्तरिय खेलाडी छन् तर अहिले टोलीको गति र लय केही ब्रिगिएको छ । अझै धेरै खेल बाँकी छन्, हामी आशावादी छौँ तर यसमा भाग्यको पनि साथ चाहिन्छ,’ डाइकले थपे । 



  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १०:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया