बटलरले एसेज सिरिजको अन्तिम टेस्ट गुमाउने

इंग्ल्यान्डका विकेट किपर ब्याटर जोस बट्लरले अस्ट्रेलियाविरुद्धको एसेज सिरिजअन्तर्गत पाँचौँ तथा अन्तिम टेस्ट गुमाउने भएका छन् ।

चौथों टेस्टका दौरान औँलामा लागेको चोटका कारण बट्लरले अन्तिम टेस्ट गुमाउने पक्का भएको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले बताएको छ ।

पाँचौँ टेस्ट खेल्न नसक्ने भएपछि बट्लर सोमबार इंग्ल्यान्ड फर्कने र त्यहाँ पुगेर थप उपचार गर्ने बोर्डले जनाएको छ । उनको चोट कति गम्भीर छ भनेर त्यसपछि नै थाहा हुनेछ । 

सिरिजको चौथो टेस्ट बराबरीमा सकिएको थियो । पाँच खेलको सिरिज आफ्नो नाममा गराइसकेको घरेलु टोली अस्ट्रेलिया ३–० ले अगाडि छ । 

पाँचौं तथा अन्तिम टेस्ट १४ जनवरीदेखि होबार्टमा सुरु हुनेछ ।  
 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १५:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया