एमाले कञ्चनपुरको अध्यक्षमा विष्ट र थापा प्यानलसहित चुनावी मैदानमा

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा बीरबहादुर थापा (पाताल) र सुरेन्द्र विष्टबीच प्रतिस्पर्धा हुने भएको छ । ४ दिनदेखि सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मंगलबार चुनाव हुन लागेको हो । 

अध्यक्षका आकांक्षी थापा र विष्टसहित इन्चार्ज निरुदेवी पालबीच घण्टौँसम्म छलफल हुँदा पनि कुनै सहमति हुन सकेन । पुरानै कमिटीलाई निरन्तरता दिएर अध्यक्षमा पातल र सचिवमा विष्टलाई पुनः निर्वाचित गर्ने प्रयास भए पनि पाताल पक्षले विष्टलाई सचिवमा पनि स्वीकार्न नसकिने अडान लिएपछि सहमति हुन नसकेको स्रोतको दाबी छ । 

संगठनमा बलियो पकड भएका विष्टलाई निषेध गर्न खोजेपछि सहमति जुट्न नसकेको र अन्ततः चुनावमै जानुपर्ने अवस्था आएको एक नेताले बताए । पातलले आफू अध्यक्ष र अशोक चन्दलाई सचिव बनाउन खोजेपछि सहमति जुट्न नसकेको जनाइएको छ । 

अशोक चन्दा पनि यसअघि अध्यक्षका दाबेदार थिए । अन्य पदमा उम्मेदवारी दर्ता भइसकेको छ । विष्टको प्यानलबाट उपाध्यक्ष लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट तथा उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्दको उम्मेदवारी परेको छ । 

यस्तै, थापा पक्षबाट उपाध्यक्षमा महेश चन्द, सचिवमा अशोक चन्द, उपसचिवमा ईश्वरा कुँवर र शेरबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । सदस्य पदमा समेत उम्मेदवारी दर्ता भएका छन् । 

कञ्चनपुरमा ४९९ प्रतिनिधि मतदाता रहेका छन् । अध्यक्षका उम्मेदवार थापा माओवादीबाट एमालेमा आएका हुन् । माओवादी र एमालेबीच एकीकरण भएपछि थापा अध्यक्ष बनेका थिए । कञ्चनपुरमा विष्ट पक्ष बलियो भएको चर्चा छ ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार २०:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया