१८३ किलाे गाँजासहित एक पक्राउ

मकवानपुर प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । 

सोमबार साँझ ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेषटोली र प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले १८३ केजी गाँजासहित गाँजा ढुवानी गर्ने गाडी र चालकलाई पक्राउ गरेर मंगलबार दिउँसो सार्वजनिक गरिएको छ ।  

भीमफेदी-२, भैंसेस्थित चेकपोष्टमा रोकी सुरक्षाजाँच गर्ने क्रममा पालुङतर्फबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३-०१-००२२ च ३५५६ नम्बरको पिकअप गाडीमा प्रहरीले गाँजा बरामद गरेको हो ।

प्रहरीले थाहा नगरपालिका-२ का ३० वर्षीय रामचन्द्र सिन्तानलाई पक्राउ गरेको छ । प्रहरीले बरामद गाँजा, ढुवानी गर्ने गाडीसहित पक्राउ परेका सिन्तानलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १४:४३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया