भाइलाई हराएर एमाले जाजरकोटको अध्यक्ष बने खिमबहादुर

नेकपा एमाले जाजरकोटको अध्यक्षमा खिमबहादुर शाही निर्वाचित भएका छन् । भाइलाई ७ मतले हराउँदै खिमबहादुर अध्यक्षमा निर्वाचित भएका हुन् ।

मंगलबार सम्पन्न मतगणनाअनुसार खिमबहादुर २ सय १७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी करवीर शाहीले २ सय १० मत प्राप्त गरे ।

उपाध्यक्षमा गोपाल बटाला, सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन् । यस्तै, उपसचिवमा गोपालबहादुर नेपाली र नरबहादुर बस्नेत निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार २०:१०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया