माछा मार्न गएका युवकको डुबेर मृत्यु

राजविराज– पश्चिमी नहर डाकनेश्वरी नगरपालिका–३ मा माछा मार्ग गएका एक युवकको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । घरनजिकै रहेको पश्चिमी नहरमा माछा मार्न हिँडेका स्थानीयवासी २५ वर्षीय रामबाबु मुखिया मृत भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

नहरको पुलमुनि माछा मार्ने क्रममा उनी डुबेका थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १७, २०७५ साेमबार १६:६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया