हिंसात्मक प्रदर्शनपछि दलहरुसँग वार्ता गर्दै फ्रान्सेली प्रधानमन्त्री

पेरिस– राजधानी पेरिसमा भएको प्रदर्शन हिंसात्मक बनेपछि फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुसँग आपत्कालीन वार्ता आह्वान गरेका छन् । 

प्रदर्शनका क्रममा एक सयभन्दा बढी घाइते भएका छन् भने चार सयभन्दा बढी पक्राउ परेका छन् । प्रदर्शनकारीले दर्जनौं कारमा आगजनी गरेका छन् । 

राष्ट्रपति इमानुएल म्याक्रोँले जी–२० बैठकबाट फर्केलगत्तै आइतबार प्रधानमन्त्री फिलिपसहित सुरक्षा अधिकारीसँग आपत्कालीन बैठक गरेका थिए । सरकारले आपत्काल घोषणा गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् । 

इन्धनको मूल्यवृद्धिसँगै गत महिनादेखि पेरिसमा मजदूरहरुले प्रदर्शन गरिरहेका छन् । आमजनताका समस्याप्रति राष्ट्रपति म्याक्रोँ संवेदनशील नभएको प्रदर्शनकारीको आरोप छ । 

पहेँलो लुगा लगाएका प्रदर्शनकारीले कारमा आगो लगाउनुका साथै कारका ढोका फोड्ने, पसलहरु लुटपाट गर्ने र प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गर्न अश्रुग्यास र पानीको फोहरा हान्नुका साथै दर्जनौँ सडक र मेट्रो स्टेसन बन्द गरेको थियो । 

सोमबारको प्रदर्शनमा एम्बुलेन्सका कामदार पनि सडकमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले सडकमा ठाउँठाउँमा टायर बालेर ट्राफिक अवरुद्ध गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर १७, २०७५ साेमबार १७:२३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया