धादिङमा पहिरो खस्दा तीनजना बेपत्ता
फाइल तस्बिर

धादिङको रुबीभ्याली गाउँपालिका–१ तिप्लिङको पुरु नजिकै गएराति पहिरो खस्दा तीनजना बेपत्ता भएका छन् । लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेको अवस्थामा पहिरो खस्दा तीनजना बेपत्ता भएका हुन् ।  

धादिङबेँसी सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्ने सो क्षेत्रमा विकट गाउँमा सडक पुर्‍याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । 

घटनास्थलमा नेपाल प्रहरी र स्थानीयवासी पुग्दै गरेकाले थप विवरण आउन बाँकी छ । घटनामा हराएकाहरूको खोजी भइरहेको छ । स्काभेटर चालक, उनका सहयोगी र एक स्थानीयवासी हराएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए । 





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार ११:५१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया