व्यापारलाई विकाससँग जोड्नुपर्छ : सचिव पोखरेल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बहुपक्षीय व्यापारमा दुई पक्षीय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताएका हुन् ।

सचिव पोखरेलले अहिले विश्व अर्थतन्त्र आफैँमा आत्मनिर्भर नभएको बताए । उनले अहिले विश्व अर्थतन्त्र परस्पर निर्भर रहेकाले नेपालले पनि त्यहीअनुसार बुझ्नु पर्ने बताउँदै सरकारले बहुपक्षीय व्यापारमा दुई पक्षीय सम्बन्ध सन्तुलन बनाउनको लागि आवश्यक नीति नीजि क्षेत्रसँग सहकार्य गरेर बनाइरहेको बताए ।

उनले सरकार व्यापार तथा उद्योग नीति बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको भन्दै नीति क्षेत्रले पनि व्यक्तिगत तथा व्यवसायभन्दा माथि उठेर सरकारलाई सुझाव दिनुपर्ने बताए । सरकारले अहिले आयात गर्न बन्देज लगाएका सामान आवश्यकता हेरेर आयातको लागि निर्णय गर्ने बताए । उनले व्यापारलाई विकासको माध्यम बनाउन विकाससँग नजोड्ने किसिमले हेर्दा व्यापारको विस्तारको गन्तव्यमा नपुग्ने बताए ।

'व्यापार, उद्योग क्षेत्रसँगका सरोकारवाला निकायको विचार लिएर मात्रै सरकार अगाडि बढ्छ । तर, व्यवसायीले व्यक्तिगत र व्यवसायभन्दा माथि उठेर मुलुकको हितका लागि सुझाव दिनुपर्छ । अहिलेको आवश्यकता गुणस्तरीय व्यापार हो’ उनले भने ।





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १४:९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया