फ्रान्समा तनाव
धम्की पछि आन्दोलनकारी र सरकारबीचको वार्ता स्थगित

एजेन्सी – फ्रान्समा डिजेलमा कर बढाएको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रधानमन्त्रीबीच मंगलबार हुने वार्ता स्थगित भएको छ । प्रदर्शनकारी मध्ये वार्तामा सहभागी हुने समुहका सदस्यका अनुसार केही कट्टर प्रदर्शनकारीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएपछि सरकारसँँग वार्ता नगर्ने भएको बताएका छन् । 

पेट्रोल–डिजेलको एक विवादास्पद करको विषयमा फ्रान्समा नोभेम्बरदेखि देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ । केही दिनदेखि प्रदर्शनकारी निकै आक्रामक भएका छन् र यो विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । हिंसात्मक प्रदर्शनका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ, भौतिक संरचनाहरु तोडफोड गरिएका छन् । 

गृहमन्त्रालयले दिएको जानकारीअनुसार आइतबार भएको प्रदर्शनमा करीब एक लाख ३६ हजार मानिस सहभागी थिए । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसमा भएको प्रदर्शन अनुचित भएको प्रतिक्रिया दिएका छन् । र आफ्ना राजनीतिक विरोधीहरु यो हिंसात्मक आन्दोलनको जिम्मेवार भएको ठहर गरेका छन् । 

बैठकमा फ्रान्सका विपक्षी नेता मारिन ला पेनले ५० वर्षपछि जनतामाथि गोली चलाउन आदेश दिने पहिलो नेता म्याक्रोन भएको बताए ।

सोमबार प्रदर्शनकारीले मार्से शहर नजिकको बन्दरगाहको प्रमुख इन्धन डिपो ब्लक गरे, जसको असर देशभरिका पेट्रोल पम्पमा परेको छ । देशभरका लगभग १०० माध्यमिक विद्यालयका छात्राले परीक्षा रिफर्मविरुद्ध प्रदर्शन गरेका छन् । 



यस्तै सोमबार प्राइभेट एम्बुलेन्सका ड्राइभरले यो आन्दोलनका कारण सामाजिक सेक्युरिटी र हेल्थकेयरमा समस्या परेको भन्दै विरोध गरेका छन् । पेट्रोल–डिजेलमा कर वृद्धि भएपछि फ्रान्सका मानिसहरु आक्रोशित भएका छन् । जसको विरोधमा उनीहरु सडकमा उत्रिए । 

फ्रान्सका कारमा सबैभन्दा बढी प्रयोग हुने इन्धन डिजेल हो । पछिल्लो १२ महिनामा डिजेलको मुल्य २३ प्रतिशतले वृद्धि भएको छ । म्याक्रोन सरकारले यो वर्ष प्रति लिटर डिजेल ७.६ प्रतिशत हाइड्रोकार्बन कर लगाएको छ । 



  • प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार ११:२८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया