एस्टन भिल्ला र म्यानचेस्टर युनाइटेडको रोमाञ्चक बराबरी

इंग्लिस प्रिमियर लिगअन्तर्गत एस्टन भिल्ला र म्यानचेस्टर युनाइटेडबीचको खेल २-२ को बराबरीमा सकिएको छ । गएराति भिल्ला पार्कमा भएको खेलमा म्यानचेस्टरका लागि दुवै गोल ब्रुनो फर्नान्डेजले गर्दा भिल्लाका ज्याकोप राम्से र फिलिपे कौटिन्होले १-१ गोल फर्काए ।

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर अंक बाँड्न बाध्य बन्यो । खेलको छैटौं र ६७ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै म्यानचेस्टरलाई २-० को अग्रता दिलाएका थिए ।

७७ औं मिनेटमा राम्सेले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । कौटिन्होले ८१ औं  मिनेटमा गोल गरेपछि खेल २-२ को रोमाञ्चक बराबरीमा टुंगियो । 

भिल्लाका लागि कौटिन्होले डेब्यु खेलमै गोल गर्न सफल भएका हुन् । यसअघि उनले लिभरपुलबाट प्रिमियर लिग खेलेका थिए । यो नतिजासँगै म्यानचेस्टर २० खेलमा ३२ अंक जोडेर सातौं स्थानमा रहँदा भिल्ला २३ अंकका साथ १३ औं स्थानमा छ । 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार ८:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया