‘विशेष कारण’ले राष्ट्रिय सभा अनिश्चित
फाइल फाेटाे

राष्ट्रिय सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । 

संघीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै  अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको जानकारी दिएको हो । 

संघीय संसद्का महासचिव भरतराज गौतमले आजकै लागि बोलाइएको बैठक विशेष कारणले स्थगित गरिएको बताए ।

उनले जारी गरिएको सूचनामा भनिएको छ, ‘माघ ३ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उक्त बैठक स्थगित भएको छ । ’





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १२:५५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया