च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण, पुलिसविरुद्धको खेल स्थगित

च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबारका लागि तय भएको दोस्रो खेल स्थगित भएको छ ।

लिग निर्देशक सञ्जीव मिश्रले च्यासलका १९ खेलाडीमा संक्रमण पुष्टि भएका कारण खेल स्थगित गर्नुपरेको जानकारी गराए । मिश्रका अनुसार लिगका अन्य खेलतालिका भने यथावत छन् ।

नवौं चरणअन्तर्गत च्यासल र पुलिसबीचको खेल स्थगित भएपछि यो खेल कहिले गर्ने भन्ने विषय केही दिनमा टुंगो लगाउने मिश्रले जानकारी गराए ।

‘सबभन्दा पहिला त संक्रमित खेलाडी संक्रमणमुक्त हुनुपर्यो । त्यसपछि मात्र पुलिसले मोफसलमा खेल्ने प्रतियोगितामा असर नगर्ने गरी दशौं चरणको खेलअघि नै यो खेल गराइनेछ,’ लिग निर्देशक मिश्रले भने, ‘लिग एक महिनाका लागि ब्रेक भएकाले हामीलाई यो खेलको लागि मिति निकाल्न खास समस्या हुने छैन । अहिले त हामी संक्रमित खेलाडी चाँडोभन्दा चाँडो संक्रमण मुक्त हुन भन्ने कामना गर्न चाहन्छौं ।’





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १४:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया