जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बर्दियामा १४ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाकाे गुलरिया नगरपालिका-६ स्थित खाजाघरमा काम गर्ने जाजरकाेट शिवालय गाउँपालिका-७ घर भएका ३० वर्षीय जनक शाही रहेका छन् ।

 शाहीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई  आइतबार बिहान पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १७:२७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया