प्रिमियर लिग: लिभरपुलकाे सहज जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारकाे खेलमा घरेलु टाेली लिभरपुलले ब्रेन्टफाेेर्डमाथि ३-० काे सहज जित हात पारेकाे छ ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन फाबिन्हो, एलेक्स चाम्बर्लिन र ताकुमी मिनामिनोले एक- एक गोल गरे ।

खेलको ४४औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

६९औं मिनेटमा चाम्बरलिनले टाेलीकाे अग्रता दाेब्बर बनाए ।

७७औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुलले ३-० काे सहज जित हात पार्‍याे ।

यस जितसँगै २१ खेलमा ४५ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिँदा ब्रेन्टफोर्ड २३ अंकका साथ १४औं स्थानमा छ ।



लिग अन्तर्गत गए राति नै भएकाे अर्काे खेलमा लिड्स युनाइटेडले वेस्ट ह्याममाथि ३-२ काे राेमाञ्चक जित निकाल्याे ।



  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार ८:५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया