स्पेनिस सुपर कपकाे उपाधि रियल मड्रिडलाई

साविक विजेता एथलेटिको बिल्वाओमाथि २-० काे सहज जित निकाल्दै रियल मड्रिडले स्पेनिस सुपर कपकाे उपाधि उचालेकाे छ ।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा आइतबार रातिकाे फाइनलमा  रियललाई उपाधि दिलाउन लुका मोड्रिच र कप्तान करिम बेन्जिमाले गोल गरे  ।

३८औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाए । ५२औं मिनेटमा कप्तान बेन्जिमाले पेनाल्टीमा गोल गर्दै टाेलीको अग्रता दोब्बर पारे । 

बेन्जिमाकै प्रहार पेनाल्टी क्षेत्रमा यारेको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गरेको थिए ।

त्यपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा रियल सहज जित निकाल्दै विजेता बन्याे ।

सिजनको पहिलो उपाधि जितेको रियल १२औं पटक सुपर कप विजेता बनेको हो ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार ८:२१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया