२०.६४ अंकले बढ्याे नेप्से

सेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिनको (सोमबार) कारोबारमा वृद्धि भएको छ।

आज भएको कारोबारको सुरुवातमा ओरालो लागेको नेप्से बजारमा सेयर खरिदकर्ता हाबी हुँदा दिनभरिको तीव्र उतारचढावका बीच परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ बिन्दुमा पुगेको छ। 

त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि ३.७० अंकले बढेको छ । यस्तै फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको छ ।

सोमबार कारोबार भएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता सेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको किनबेच भएको छ । अघिल्लो दिन आइतबार ९ अर्ब माथिको कारोबार भएको थियो । यसरी हेर्दा आइतबारको तुलनामा कारोबार रकममा  भने कमी आएको छ ।

सोमबार नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढ्दा ५ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । तर यता विकास बैंक, वित्त, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

सोमबार कारोबारमा आएको मध्य भोटेकोशीको सेयरमा सकारात्मक सर्किटको तहमा कारोबार भएको छ । त्यस्तै, सनराइज ब्लुचीप फण्डको इकाइ मूल्य र सिंगटी हाइड्रोपावर तथा सिइडिबी हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।



कारोबार रकमका आधारमा ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यस्तै, अपी पावरको ४१ करोडको सेयर कारोबार भएको छ ।  
 



  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १६:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया