एएफसी कप छनोट : मछिन्द्रको प्रतिद्वन्द्वी ब्लु स्टार

एएफसी कप छनोट प्ले अफकाे पहिलो चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबको सामना गर्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले सोमबार निकालेको तालिका अनुसार मछिन्द्रले ब्लु स्टारलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो । 

दक्षिण एसिया क्षेत्रमा रहेका मछिन्द्र र ब्लु स्टारले आगामी ५ अप्रिलमा दशरथ रंगशालामा प्रतिष्पर्धा गर्नेछन् । यो खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग १२ अप्रिलमा खेल्नेछ । 

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणसम्म शीर्ष स्थानमा रहँदै मछिन्द्रले पहिलोपटक एएफसी छनोट खेल्न लागेको हो । 

अघिल्लो संस्करणमा लिग विजेता बनेर पनि क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले प्रतियोगिता खेल्ने अवसर गुमाएको थियो । त्यति बेला लिग उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले नेपालको प्रतिनिधित्व गरेको थियो । 





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १६:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया