उदयपुरमा जीप दुर्घटना हुँदा एककाे मृत्यु, पाँच घाइते

उदयपुरमा जीप दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कटारी नगरपालिका- ८ बिजुलेका ३८ वर्षीय विक्रम मगर रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

घाइते हुनेहरूमा कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ रहेका छन् । उनीहरूकाे कटारी अस्पतालमा उपचार भइरहेकाे छ ।

कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा १० प ४१८८ नम्बरकाे बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना भएकाे थियाे ।

फरार चालक प्रेमबहादुर श्रेष्ठकाे  खाेजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार ७:४२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया