सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, केके छन् एजेण्डा ?
फाइल फाेटाे

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । 

बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरू उपस्थित छन् । बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभा निर्वाचन, संसदको गतिरोध लगायतका समसामयीक विषयमा छलफल हुने बताइएको छ।  

निर्वाचन आयोगले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गर्नका लागि मिति घोषणा गरिसकेको छ । यद्यपि सरकारको ढिलाइका कारण चुनाव हुने वा नहुने भन्ने अन्यौल बाँकी नै छ । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका थिए । 

शीर्ष नेताहरूलाई नै कोरोना संक्रमण देखिएपछि बैठक बस्न सकेको थिएन । सोमबार भएको देउवा दाहालबीचको भेटमा समसामयिक विषयमा छलफल भएको देउवा सचिवालयले जानकारी दिएको छ। 





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार ११:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया